१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक ४ शुक्रबार १८:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयमा डिजिटल शिक्षण सिकाइका लागि सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक ४ शुक्रबार १८:३०:००

सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रा.लि.बीच सम्झौता भएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा आज राष्ट्रिय सभागृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो। आउँदो दुई वर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा महानगरलाई निःशुल्क उपलब्ध गराउनेछ। यसअन्तर्गत सामुदायिक विद्यालयहरूमा शिक्षण र सिकाइका लागि शिक्षकहरूको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन्। 

कोड क्लब गठन गरेर कक्षा दुईदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसमा हरेक विद्यालयमा वेबसाइट चलाउन र सामग्री व्यवस्थापन गर्न एकजना प्रतिनिधिलाई तालिम दिइनेछ।