१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार १०:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भलिबलमा आर्मी एपिएफसँग स्तब्ध

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार १०:४३:००

पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले स्वर्ण जितेको छ । एपिएफले फाइनलमा आर्मीलाई ३–० को सेटमा हराएको हो । पहिलो सेट २५–२१ ले एपिएफले जितेको थियो । दोस्रो सेट प्रतिस्पर्धात्मक बन्दा एपिएफले २७–२५ ले बाजी मार्‍यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्टवरिपरि दर्शकले भरपूर आनन्द लिए । तेस्रो सेटमा आर्मीले फर्कने प्रयास गरेको थियो । तर, एपिएफले तेस्रो सेट पनि २६–२४ ले जित्दा आर्मी रजतमा सीमित भयो ।

 एपिएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभसमेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । ‘आर्मीको खेल नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौँ ।’ आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । महिला भलिबलतर्फ पनि एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो । पुलिसले गण्डकी प्रदेशलाई ३–० ले हराउँदै कांस्य हात पार्‍यो । प्रतियोगिता अवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।