१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३ बिहीबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३ बिहीबार ०६:१६:००

 यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स परीक्षण गर्ने कार्ड रिडर, स्याम कार्ड र एप्लिकेसन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गरेर विभागले प्रहरीलाई एक सय ९८ थान कार्ड रिडर, एक सय ९८ थान स्याम कार्ड र एक थान एप्लिकेशन सफ्टवेयर सिडी हस्तान्तरण गरेको हो ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अब स्मार्ट लाइसेन्स बाहकहरूको आधिकारिकता पहिचान गर्न सहज हुने महार्दिेशक डा. पाण्डेले बताए । 

विभागले २०१५ नोभेम्बरदेखि विद्युतीय चिपसहितको सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) छाप्न सुरु गरेको छ । त्यसमा हालसम्म २९ लाख ४५ हजार लाइसेन्स छपाइ भइसकेको छ । सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने काम पनि भइरहेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालन भएको विभागको सुचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाखबराबरको सामग्री हस्तान्तरण भएको छ ।