१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस परासी
२०७९ कार्तिक २ बुधबार १३:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९० लाख मूल्यबराबरको अवैध चिनी बरामद

Read Time : < 1 मिनेट
रासस, परासी
२०७९ कार्तिक २ बुधबार १३:३३:००

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ। भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेको वेला सशस्त्र प्रहरीले बुधबार जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु. ९० लाखको अवैध चिनी बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका– २ बाट ना.६ख २१९७ नम्बरको ट्रकमा रहेको चार सय २० बोरा (२१ हजार केजी) र रामग्राम नगरपालिका– ५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नम्बरको ट्रकमा रहेको चार सय २० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रूपकुमार क्षेत्रीले जानकारी दिए।

बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको छ। चिनीसँगै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको क्षेत्रीले बताए।