१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २ बुधबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हरिपूर्वाको नगर अधिवेशन स्थगित गर्न आयोगको निर्देशन

मेयर र प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २ बुधबार १२:४६:००

निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाको विशेष अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ। आचारसंहिताविपरीत अधिवेशन बोलाएको भन्दै आयाेगले नगर प्रमुख र प्रशासकीय अधिकृतसँग दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

असोज १२ मा बोलाइएको नगरपालिकाको विशेष अधिवेशन गणपूरक संख्या नपुग्दा कात्तिक २ गतेका लागि बोलाइएको थियो। निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगको सहमतिविना वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराउँदै अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो। 

‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगर सभाले गर्ने विषयमा कुनै दुईमत छैन। यद्यपि, निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन,’ आयोगको पत्रमा भनिएको छ।