Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २ बुधबार १०:२६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतमा स्याटेलाइट इन्टरनेट सेवा दिँदै स्पेस–एक्स

भारतकै स्पेस इन्टरनेट सेगमेन्टभित्र स्टारलिंक आएपछि एयरटेल, जियो र अमेजनले कडा प्रतिस्पर्धा गर्ने

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २ बुधबार १०:२६:००

विश्वका सर्वाधिक धनाढ्य एवं टेस्लाका मालिक एलन मस्कको कम्पनी स्पेस–एक्सले भारतमा स्याटेलाइट इन्टरनेट सेवा दिने योजना बनाइरहेको छ । स्पेस–एक्सले स्याटेलाइट बेस्ड ब्रोडब्यान्ड सेवा प्रदान गर्न डिपार्टमेन्ट अफ टेलिकम्युनिकेसन (डिओटी)सँग अनुमति मागेको छ । तर, यो सेवाका लागि ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट (जिएमपिसिएस) लाइसेन्स अनिवार्य छ । उक्त अनुमति डिओटीले प्रदान गर्नेछ । 

स्टारलिंक ब्रान्डअन्तर्गत मस्कको कम्पनी स्पेस–एक्सले यो सेवा दिने बताइएको छ । यसबारे इटीले रिपोर्ट पनि प्रस्तुत गरिसकेको छ । स्टारलिंक जिएमपिसिएसको लाइसेन्स लिन आवदेन दिने तेस्रो कम्पनी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि भारतमा एयरटेल ब्याक्ड वनवेब र जियोको स्याटेलाइट आर्म जियो स्पेस टेक्नोलोजीले जिएमपिसिएसका लागि आवेदन दिएका छन् । भारतकै स्पेस इन्टरनेट सेगमेन्टभित्र स्टारलिंक आएपछि एयरटेल, जियो र अमेजनले कडा प्रतिस्पर्धा गर्ने भएका हुन् । 

स्टारलिंकले पहिले पनि गरेको थियो कोसिस :
खासमा स्टारलिंकले गत वर्ष नै आफ्नो सेवा सुरु गर्ने योजनासहित कम्पनीले सन् २०२१ मार्चताका प्रि–बुकिङ सुरु गर्‍यो । कम्पनीले भारतको दूरसञ्चार नियामक प्राधिकरणबाट ब्रोडब्यान्ड सेवा डेलिभर गर्न अनुमति मागेको थियो । तर, नोभेम्बर २०२१ मा डिओटीले स्टारलिंकलाई अनुमति दिएन । भारतमा काम गर्नुअघि स्टारलिंकले अन्य आवश्यक अनुमति पनि लिनुपर्ने डिओटीको भनाइ थियो ।

प्रि–बुकिङको रकम फिर्ता :  डिओटीले भारतीय प्रयोगकर्तालाई प्रि–बुकिङबापतको ९९ डलर अर्थात् गत वर्षको विनिमय दरअनुसार ७५०० भारु फिर्ता गर्न निर्देशन दियो । सन् २०२१ डिसेम्बर १ तारिखसम्म स्टारलिंकले सबै प्रयोगकर्तालाई सो रकम फिर्ता गर्दै प्रि–बुकिङ कार्य ठप्पसमेत पार्‍यो । 

स्टारलिंकसँग विश्वकै ठूलो स्पेस ब्रोडब्यान्ड भू–उपग्रहको समूह (कन्स्टेलेसन) छ । उक्त समूहमा ३४५१ स्याटेलाइट लन्च गरिएका छन् । यीमध्ये २७०० भन्दा बढी स्याटेलाइट हाल सञ्चालनमा छन् ।

अन्य अनुमति आवश्यक : भारतमा स्याटेलाइट बेस्ड ब्रोडब्यान्ड 
सर्भिस प्रदान गर्न जिएमपिसिएस लाइसेन्स त चाहिन्छ नै, यसबाहेक अन्य अनुमति पनि चाहिन्छ । स्टारलिंकले आफ्नो सेवा सुचारु गर्न डिपार्टमेन्ट अफ स्पेसबाट अनुमतिसमेत लिनुपर्ने हुन्छ । साथै, स्याटेलाइट ब्रोडब्यान्डका लागि स्पेक्ट्रम पनि लिनुपर्छ । यति मात्रै होइन, कम्पनीलाई भारतमा ग्राउन्ड बेस्ड स्याटेलाइट गेटवेजको पनि आवश्यकता पर्छ । यसका लागि इन्डियन नेसनल स्पेस प्रमोसन एन्ड अथोराइजेसन सेन्टर (इन–स्पेस) को पनि अनुमति चाहिन्छ । इवाई–स्पाको रिपोर्टअनुसार सन् २०२५ सम्म यसको बजार १३ अर्ब डलर हुनेछ । 

स्टारलिंकसँग अधिक भू–उपग्रहको समूह : स्टारलिंकसँग विश्वकै ठूलो स्पेस ब्रोडब्यान्ड भू–उपग्रहको समूह (कन्स्टेलेसन) छ । उक्त समूहमा ३४५१ स्याटेलाइट लन्च गरिएका छन् । यीमध्ये २७०० भन्दा बढी स्याटेलाइट हाल सञ्चालनमा छन् । तथापि, कम्पनीको उद्देश्य भनेको १२००० स्याटेलाइट लन्च गर्ने रहेको छ । एकातिर एयरटेलसँग परसेन्टेज डिप्लोयड र कभरेजको विषयमा अधिक विकसित स्याटेलाइट भू–उपग्रहको समूह छ । अर्कातिर, आकाश अम्बानीको नेतृत्वको कम्पनी जियोले स्याटेलाइट इन्टरनेटका लागि ग्लोबल स्याटेलाइट ब्रोडब्यान्ड प्रोभाइडर एसइएससँग सहकार्य गरेको छ । 

युक्रेनका कारण चर्चामा : युद्धको भुमरीमा परेको युक्रेनका कारण स्टारलिंक चर्चामा आयो । त्यहाँ यसकै कनेक्टिभिटीको प्रयोग गरिएको छ । भर्खरै मात्र मस्कले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै स्पेस–एक्सले स्टारलिंकको सञ्चालनमा सहयोग गर्न नसक्ने बताएका थिए । 

मस्कले अमेरिकी सरकारसँग युक्रेनमा इन्टरनेट सेवा जारी राख्नका लागि आर्थिक सहयोग जारी राख्न अनुरोध गरेका थिए । उनका अनुसार हाल युक्रेनमा २५,३०० टर्मिनल छन् । यीमध्ये कुल १०,५३० ले मात्रै सेवाको भुक्तानी गरेका छन् । रुस–युक्रेन युद्ध गत फेब्रुअरीदेखि आजपर्यन्त जारी छ । 

कसरी काम गर्छ स्टारलिंकले काम ? 
स्टारलिंकलाई खासै पूर्वाधारको आवश्यकता पर्दैन । जमिनमा ‘ग्राउन्ड नोड्स’ भए पुग्छ । जसले गर्दा पहाडी वा दूरदराजमा पनि सजिलै सुविधा प्राप्त गर्न सकिन्छ । स्पेसमा भएको स्याटेलाइबाट चल्छ इन्टरनेट : स्पेस–एक्सका हजारौँ स्याटेलाइट मिलेर नेटवर्क बनाउँछन् । यसैलाई स्टारलिंक भनिएको हो । हाल कम्पनीले २७०० स्याटेलाइट लन्च गरी ग्लोबल स्टारलिंक नेटवर्क बनाएको छ । अमेरिका, क्यानडा, युकेलगायत थुप्रै देशमा बिटा टेस्टिङमार्फत मानिसले प्रयोग गरिरहेका छन् । लोअर अर्थ अर्बिटमा रहेको स्याटेलाइटको यो नेटवर्कले इन्टरनेटलाई ४० गुणासम्म तेज बनाउँछ । 

स्याटेलाइटबाट कसरी पुग्छ 
इन्टरनेट ? : स्याटेलाइटले धरतीको कुनै पनि कुनाबाट बिम इन्टरनेट कभरेजलाई सम्भव बनाउँछ । स्याटेलाइट नेटवर्कमार्फत प्रयोगकर्ताले हाई स्पिड, लो लेटेन्सी इन्टरनेट कभरेज प्राप्त गर्छन् । लेटेन्सीको अर्थ डेटाको एउटा बिन्दुबाट अर्को बिन्दुसम्म पुर्‍याउन लाग्ने समय हो । स्टारलिंक किटमा स्टारलिंक डिस, वाइफाई राउटर, पावर सप्लाई केबल्स र माउटिङ ट्राइपोड हुन्छ । हाई स्पिड इन्टरनेटका लागि डिसको खुला आकाशमुनि राख्नुपर्छ । आइओएस र एन्ड्रोइडमा रहेको स्टारलिंक एपले सेटअपदेखि मनटरिङसम्मको काम गर्छ ।