१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ३१ सोमबार ०८:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सपिङ निकै कम गर्छु: प्रतिभा माली

Read Time : < 1 मिनेट
२०७९ असोज ३१ सोमबार ०८:२८:००

म त्यस्तो धेरै सपिङ गर्ने मान्छे होइन । सपिङ जानका लागि कहिल्यै प्लान गर्दिनँ । आवश्यकताअनुसार कपडा खरिद गर्छु । म फेसन कन्सस छैन । घरबाट त्यतिसाह्रो बाहिर पनि निस्कन्नँ । खेल वा प्रशिक्षणमा जाँदा ट्र्याकसुटमा धेरै कम्फर्टेबल फिल गर्छु । घर बस्दा हाफ पाइन्ट वा ट्राउजर लगाउन मन लाग्छ । बाहिर निस्कँदा क्याजुअल ड्रेसअप गर्छु । नर्मल्ली जिन्स पाइन्ट र त्यसमा म्याच गर्ने टिसर्ट लगाउँछु । खुकुलो जिन्स लगाउँछु, टाइट जिन्स सहज लाग्दैन । 

कहिलेकाहीँ ट्राउजर लगाएर घुम्न निस्कन्छु । साडीमा त्यति सहज लाग्दैन । तर, कतिपय फर्मल कार्यक्रममा साडी लगाएरै जानुपर्ने भएकाले लगाउँछु । चाडपर्वमा भने कुर्था लगाउन मन लाग्छ । स्पोर्टस् सुजमा आफूलाई सबैभन्दा सहज महसुस गर्छु । ट्रेनिङ र प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि पनि स्पोर्टस् सुजको चयन महत्वपूर्ण हुन्छ ।