मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३० आइतबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विजय गच्छदार, प्रभु साहलगायत नौ उम्मेदवारलाई राहत

उम्मेदवारी खारेजको माग सर्वोच्चबाट खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३० आइतबार १९:११:००

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट खारेज गरेको हो। 

सुनसरी- ३ बाट उम्मेदवारी दिएका कांग्रेसका गच्छदार, चितवन- २ का राप्रपा उम्मेदवार विक्रम पाण्डे, मनाङबाट उम्मेदवारी दिएका कांग्रेसका टेकबहादुर गुरुङ, सिराहा- १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, तनहुँ -१ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी, रौतहट -३ का स्वतन्त्र उम्मेदवार प्रभु साह, महोत्तरी -१ की एमाले उम्मेदवार लक्ष्मी महतोलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्यले रिट दायर गरेका थिए।