१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमल खत्री म्याग्दी
२०७९ असोज ३० आइतबार १७:२६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला भलिबलकाे लिग चरण सकियो, बाहिरिए मधेस र कर्णाली प्रदेश

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ असोज ३० आइतबार १७:२६:००

म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलको लिग चरणको खेल सकिएको छ। प्रतियोगिताअन्तर्गत लिग चरणको विजेता र उपविजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। 

आइतबार भएको प्रतियोगितामा एपिएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजित गरे। बागमतीले २५–६, २५–८ र २५–७ को खेलमा मधेस प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो। 

यस्तै, सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली सेनासँग २५–२०, १९–२५, २५–२१ र २५–२३  को जित निकाल्यो। एउटै समूहबाट एपिएफले विजेता र त्रिभुवन आर्मी क्लबले उपविजेता हुँदै क्वाटरफाइनलको यात्रा तय गरेका हुन्। आइतबार भएको खेलमा एपिएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा विक उत्कृष्ट खेलाडी घोषित भए।

लिक कम नक आउट वेस्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणका दुईवटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए।

सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपिएफ र लुम्बिनी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टोलीले सहभागिता जनाएका थिए।