१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमल खत्री म्याग्दी
२०७९ असोज २९ शनिबार २०:१९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला भलिबलमा सेना र प्रदेश १ विजयी, कर्णाली लिग चरणबाटै बाहिरियो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ असोज २९ शनिबार २०:१९:००

म्याग्दीको बेनीमा जारी नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलअन्तर्गत शनिबार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन्। 

बेनीको खुला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेस प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन्।

मनिषा खाँणको कप्तानीमा मैदानमा उत्रिएको सेनाको टोलीले कर्णालीलाई पहिलो सेट २५–१२, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१२ अन्तरमा पराजित गरेको हो । विनिता राईको नेतृत्वमा खेलेको प्रदेश १ ले मधेसलाई क्रमश : २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो।

लिक कम नक आउट वेस्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा सेना र कर्णाली एउटै समूह (ए)का हुन्। पहिलो चरणको दुईवटा प्रतिस्पर्धामा पराजित कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए।    

सशस्त्र प्रहरीसँग शुक्रबार फराकिलो अन्तरका बीच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानीमा रहेको कर्णालीले सेनासँगको खेलमा प्रर्दशन सुधार गरे पनि जित निकाल्न सकेन। प्रजना थापाको कप्टानीमा रहेको मधेसको टोलीले दोस्रो सेटमा प्रतिस्पर्धा गरे पनि पहिलो र तेस्रो सेटमा फराकिलो अन्तरमा प्रदेश १ सँग पराजित भयो। 

आइतबार दश बजे सशस्त्र प्रहरी र नेपाली सेना तथा दिउँसो २ बजे बागमती र मधेस प्रदेशबीचको प्रतिस्पर्धा भएसँगै पहिलो चरणको खेल सकिने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए।  

शनिबारको खेलमा सेनाकी संगम महतो र प्रदेश १ की समीक्षा राईलाई उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। हालसम्म ६ वटा खेल सकिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुँदै छ। प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टोलीले सहभागिता जनाएका छन्।