१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असोज २९ शनिबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्थित ब्यारेक नहुँदा सास्ती भोग्दै विराटनगर महानगरका प्रहरी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज २९ शनिबार ११:१३:००

व्यवस्थित ब्यारेक निर्माण गर्न महानगरपालिकाले चासो नदिँदा वर्षौँदेखि दैनिक सक्रिय ड्युटीमा खटिँदै आएका विराटनगर महानगरका प्रहरीले सास्ती भोग्दै आएका छन्। विराटनगरको फुटपाथ र चौपाया नियन्त्रणदेखि विपद् व्यवस्थापनमा सक्रिय रूपले खटिँदै आएका नगर प्रहरी ब्यारेक अभावमा वर्षाैँदेखि सास्ती भोग्दै आइरहेका हुन्। 

ब्यारेक अभावले गर्दा हाल महानगर प्रहरीहरू मनोरन्जन पार्कको साँधुरो काउन्टरमा बस्न बाध्य छन्। हाल उनीहरू विराटनगरको सहिद मैदाननजिकै रहेको फाउन्टेन पार्कको साँघुरो टिकट काउन्टरमा बस्दै आएका छन्। व्यवस्थित ब्यारेक अभावमा नगरप्रहरीले आफूले प्रयोग गर्ने साधनहरू सडकमै पार्किङ गर्नुपरिरहेको छ। नियन्त्रणमा लिएका सामानहरू सुरक्षित रूपले राख्न उनीहरूलाई समस्या भइरहेको छ।

 विराटनगरमा नगरपालिका स्थापना भएपछि २०५४ सालबाट नगरप्रहरी सञ्चालनमा आएको हो। तर, उपमहानगरबाट महानगर भइसक्दा पनि  हालसम्म उनीहरूको व्यवस्थित ब्यारेक निर्माण भएको छैन। पहिले उनीहरू वीरेन्द्र सभागृहपरिसरमा बस्दै आएका थिए।

परिसर फराकिलो भएकाले बरामद मालवस्तु र नियन्त्रणमा लिएका चौपायाहरू राख्न उति धेरै समस्या थिएन। तर, सभागृहको पुनः निर्माण सुरु भएपछि उनीहरूलाई महानगरले मझौला तथा सहरी विकास परियोजनाको कार्यालय रहेको घरमा सारेको थियो। केही समय त्यहाँ बसेका नगरप्रहरी उक्त स्थानमा महानगरपालिकाको नयाँ भवन निर्माण हुने भएपछि अलपत्र परेका हुन्। हाल उनीहरूलाई महानगरपालिकाले मोरङ व्यापार संघको सहयोगमा निर्माण भएको सभागृहसँगै रहेको फाउन्टेन पार्क (मनोरन्जन पार्क) को साँघुरो घरमा सरेको छ। 

ब्यारेक नहुँदा कार्यालय सञ्चालनदेखि ड्युटीमा खटिन र नियन्त्रणमा लिएका मालवस्तु सुरक्षित रूपले राख्न समस्या भइरहेको नगरप्रहरी बताउँछन्। हाल उनीहरूले नियन्त्रणमा लिएका मालवस्तुहरू पार्कको खुल्ला चौरमुनि असरल्ल राख्ने गरेका छन्।