मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज २७ बिहीबार १९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असइ हत्या प्रकरण : एआइजीको नेतृत्वमा छानबिन समिति गठन

Read Time : < 1 मिनेट
२०७९ असोज २७ बिहीबार १९:२१:००

सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको छ।

प्रारम्भिक अनुसन्धानमा सगठनभित्रैबाट हत्या भएको खुलेपछि उच्चस्तरीय छानबिन समिति बनेको हो। 

एआइजी गौतमको नेतृत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए।

सप्तरीको सीमा क्षेत्रमा कार्यरत असइ यादवको शव एक साताअघि सीमा क्षेत्रबाट करिब तीन किलोमिटर दक्षिणतर्फ भारतमा भेटिएको थियो। 

बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो। उनको हत्या आशंकामा प्रहरीले सप्तरीमै कार्यरत जवान होमबहादुर खत्री पक्राउ परेका छन्। 

उनकै योजनामा असइको हत्या भएको प्रहरी आकलन छ। सो घटनापछि सप्तरीका एसपी प्रदीप खड्कालाई सशस्त्र प्रहरी मुख्यालयले जिम्मेवारीबाट हटाइसकेको छ।