१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २७ बिहीबार १६:४६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २७ बिहीबार १६:४६:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बिहीबार नेप्से ४.१५ अंकले बढेर एक हजार आठ सय ७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९५ अंक, फ्लोट इन्डाेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डाेक्स ०.३१ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको एक प्रतिशत बढेको छ।

यस दिन अभियान लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रुरु जलविद्युत् परियोजनाको सेयरमूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ। यता, सिटिजन्स म्युचुअल फन्ड २ को इकाइमूल्य ४.४५ प्रतिशत घटेको छ। आज नबिल बैंकको तीन करोड ४० लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।