Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २७ बिहीबार १४:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको विज्ञप्ति सहमतिविपरीत : लोसपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २७ बिहीबार १४:०४:००

सत्तागठबन्धनले बुधबार जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आपत्ति जनाएको छ। गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रस्टीकरण गर्ने उद्देश्यले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महिन्द्रराय यादव साझा उम्मेदवार रहेकाे जनाएका थिए।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन्। सत्तागठबन्धनकाे उक्त विज्ञप्ति कांग्रेस सभापति देउवासँग असाेज २२ मा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।

लोसपाले सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा गर्ने, सर्लाही २ (क)मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी  २ (क)मा लोसपाको उम्मेदवार हुने सहमति भएको जनाएको छ।