१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज २६ बुधबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

Read Time : < 1 मिनेट
२०७९ असोज २६ बुधबार १९:४९:००

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रतिनिधि सभाका लागि गठबन्धनका साझा  खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका दलबहादुर खत्री र युवराज शर्माले उम्मेदवारी फिर्ता लिएका छन्।  

समाजवादीले लिएन उम्मेदवारी फिर्ता

सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय विपरित दिएको उम्मेदवारी फिर्ता लिएको छैन। समाजवादीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो। यद्यपि गठबन्धनको निर्णय अनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन्।

समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको थियो। जस अनुसार (क) समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुबै जनाको उम्मेदवारी कायम रहेको छ।  समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णय अनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको बताए।