मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७९ असोज २६ बुधबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली बाढी-पहिरो : ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ असोज २६ बुधबार १९:१०:००

कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारण ३५ जनाको मृत्यु भएको छ। असोज १९ गतेदेखि आएको बाढीपहिरोले ३५ जनाकोज्यान गएकाे हाे। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार असोज १९ गतेदेखि असोज २६ गते बिहानसम्म बाढीपहिरोका परेर कर्णाली प्रदेशभरी ३५ जनाको मृत्यु भएकाे छ।साथै  बाढीपहिरोमा २० बेपत्ता र २३ जना घाइते छन्। 

बाढीपहिरोमा परेर सबैभन्दा बढी जुम्ला जिल्लामा १० जनाको मृत्यु भएको छ भने सबैभन्दा कम दैलेखमा एकजनाको मृत्यु भएको छ। यस्तै मुगुमा आठजना, कालीकोटमा पाँचजना, हुम्लामा चारजना, जाजरकोटमा तीजना, सल्यान र डोल्पामा दुई, दुईजनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परेर सबैभन्दा बढी कालीकोट जिल्लामा बेपत्ता भएका छन्। कालीकोटमा प्रहरी जवानसहित १८ जना, जुम्ला र दैलेखमा एक/एक जना बेपत्ता भएका छन्। 

त्यस्तै, बाढीपहिरोमा परेर कालीकोटमा सातजना, हुम्लामा ६ जना, मुगुमा पाँचजना, जुम्ला तीनजना, जाजरकोट र रुकुमपश्चिममा एक/एक जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

झण्डै २९ सय घरपरिवार विस्थापित

बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा दश जिल्लाका ४ सय ८० घरका २ हजार ८ सय ८९ घरपरिवार बिस्थापित भएका छन्। 
 
सुर्खेतका आठ घरका ४५ घरपरिवार, दैलेखका १०३ घरका ५११ घरपरिवार, जाजरकोटका २ घरका १० घरपरिवार, सल्यानका नाै घर, रुकुमपश्चिमका ३ घरका ११ घरपरिवार, जुम्लाका ८६ घरका १ हजार एक सय १३ जना, कालीकोटका ४८ घरपरिवारका ३ सय ४४ जना, मुगुका १ सय ७८ घरका ७ सय घरपरिवार, हुम्लाका ४० घरपरिवारका १ सय ५५ घरपरिवार र डोल्पाका चार घर बिस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।