मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ असोज २६ बुधबार १८:३४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

झरीका कारण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल स्थगित

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ असोज २६ बुधबार १८:३४:००

संखुवासभाका केही साता अगाडिदेखि परेको निरन्तर झरीका कारण संखुवासभामा आयोजना हुने अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। निरन्तर झरी परेपछि खेलमैदानसमेत हिलाम्मे भएको कारणले प्रतियोगिता स्थगित गरिएको आयोजक एडभान्स क्लबका अध्यक्ष ईश्वर घिमिरेले जानकारी दिए।

उनको अनुसार, ‘जिल्लाका सरोकारवाला निकायका प्रमुख व्यक्तिहरूद्वारा खेलमैदान अनुगमनपछि प्रतियोगिता सार्ने निर्णयमा पुगेको र आगामी मंसिर १३ देखि १७ गते सञ्चालन गरिनेछ।’ 

यही कात्तिक १ देखि ५ गते खाँदबारी–३ मानेभञ्जाङमा अरुणभ्याली अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको थियो। उक्त प्रतियोगितामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेस्ट बंगालको आमुक्त फुटबल टिमसहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ।