Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७९ असोज २५ मंगलबार १५:४३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली चेस टोली बंगलादेश प्रस्थान

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ असोज २५ मंगलबार १५:४३:००

बंगलादेशको ढाकामा बुधबारदेखि सुरु हुने शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

यही असोज २६ देखि कात्तिक ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्बिटर गरी ६ जनाको सहभागिता रहनेछ। प्रतियोगितामा फिडेमास्टर विमललाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ। पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका विमललाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाइसकेका खेलाडी हुन्।

प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्बिटर नीरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन्। प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतमलगायतले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाइ गरे। 

गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल संघको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन आफू प्रतिबद्ध भएको बताए।