Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २५ मंगलबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २५ मंगलबार १४:३४:००

राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकाे अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। 

रुघाखोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारीलाई २२ गते अस्पताल भर्ना गरिएको थियो। त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।