Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असोज २३ आइतबार १७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने

Read Time : < 1 मिनेट
२०७९ असोज २३ आइतबार १७:१९:००

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

संघतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो।

माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ  प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन्।

गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।  

एमालेबाट प्रदेश सभा (क) मा संविधानसभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवार दर्ता गरेका छन्। 

गठबन्धन र एमालेका उम्मेदवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोगले तोकेको समयमा उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यसअघि ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित बनेका देव गुरुङ यसपटक पनि सत्तागठबन्धनका साझा उम्मेदवार बनेका छन्। 

यस्तै, एमालेका महासचिव गुरुङ ०७४ मा प्रदेश सभा ख बाट उम्मेदवार भई निर्वाचित भएका थिए। उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत भइसकेका छन्।