मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २३ आइतबार ०८:५४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको सम्भावना समाप्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २३ आइतबार ०८:५४:००

दोस्रो हारसँगै नेपाल एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘एफ’को खेलमा शनिबार नेपालले दोस्रो हारको सामना गरेपछि एएफसी कप खेल्ने मौका गुमाएको हो ।

नेपाल भियतनामसँग ५–० ले पराजित भयो । प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो खेलमा थाइल्यान्डसँग खेलेकै सेटलाई भियतनामविरुद्ध मौका दिएका थिए । भियतनामविरुद्ध नेपालले कुनै राम्रो अवसर बनाउन सकेन ।

पहिलो हाफमा चार गोल गरेको भियतनामले दोस्रो हाफमा एक गोल गरेको थियो । समूहमा कमजोर मानिएको नेपालविरुद्ध भियतनामले दोस्रो हाफमा नयाँ खेलाडीलाई अवसर दिएको थियो । 

प्रतियोगिताबाट बाहिरिएपछि नेपालका प्रशिक्षक श्रेष्ठले लगातार गल्तीका बाबजुद ठूलो अन्तरको हार भएको स्विकारेका छन् । ‘फेरि पनि हामीले गल्ती गर्न पुग्यौँ । पहिलो हाफमा धेरै नै गल्ती भयो ।

खेलाडीले होल्ड गरेर खेल्न सकेनन्,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रा खेलाडीले भियतनामका खेलाडीलाई पास दिएको जस्तो देखियो, भियतनाम निकै बलियो टोली हो ।’ भियतनामले मैदानमा प्राविधिक रूपमा उत्कृष्ट खेल खेलेको श्रेष्ठले बताए । 

थाइल्यान्डसँग पराजित
प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो । श्रीलंकामा सम्पन्न यू–१७ साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली उच्च मनोबलसहित भियतनाम पुगेको थियो । थाइल्यान्डविरुद्ध काउन्टर खेल खेल्दै जित्ने योजना बनाएको नेपालले पहिलो हाफमा एक गोल बेहोर्न पुग्यो ।

दोस्रो हाफमा थाइल्यान्डले नेपालको पोस्टमा थप दुई गोल गरेको थियो । थाइल्यान्डविरुद्ध नेपालको खेलाडीले औसत खेलसमेत प्रदर्शन गर्न सकेनन् । थाइल्यान्डविरुद्ध नेपाल प्रायः समय आफ्नै रक्षापंक्तिमा व्यस्त रह्यो ।