मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २२ शनिबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिकतर्फको बन्दसूची आज राति १२ बजेसम्म 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २२ शनिबार १८:३८:००

निर्वाचन आायाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूची आज रातिसम्म सार्वजनिक गर्ने जनाएको छ। शनिबार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने बताए। उनले शनिबार साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भने पनि केही कारणवश ढिलाइ भएको जानकारी गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभातर्फ ४८ वटा दलका दुई हजार चार ३६ जना उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए। त्यस्तै, प्रदेश १ मा ३६ वटा दलका ६ सय ६१ जना समानुपातिकतर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका नौ सय ४८ जना उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८ सय २५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका तीन सय ६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६ सय ५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका दुई सय  २२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका तीन सय ७६ उम्मेदवारसहित ६ हजार चार सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिकतर्फको अन्तिम नामावलीमा नाम समावेश भएका कोही पनि उम्मेदवारलाई प्रत्यक्षतर्फ उठ्न नपाउने व्यवस्था भएकाले दुवैतिर उठ्छु भन्ने भ्रम नपाल्न आग्रह गरे।