मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २१ शुक्रबार १५:५०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जेलमा रहेका अधिकारकर्मी एलेससहित दुई संस्थाले पाए नोबेल शान्ति पुरस्कार

Read Time : < 1 मिनेट
२०७९ असोज २१ शुक्रबार १५:५०:००

यस वर्ष (सन् २०२२) को नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ। यस वर्षकाे शान्ति नाेबेल पुरस्कारबाट एक अधिकारकर्मी तथा दुई संस्थालाई सम्मानित गर्ने घाेषणा गरिएकाे छ। 

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई  दिने निर्णय गरेको नोबेल छनोट समितिले जनाएको छ।

उनीहरूलाई युद्धअपराध, मानव अधिकार हनन र शक्तिको दुरुपयोगको अभिलेखीकरण गर्ने उत्कृष्ट  प्रयास गरेबापत पुरस्कारका लागि छानिएको समितिले जनाएको छ। 

नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की जेलजीवन बिताइरहेका छन्। कर छलीको आरोपमा हिरासतमा रहेका बिआलियात्स्कीलाई रिहा गर्न समितिले आह्वान गरेकाे छ। नोबेल छनोट समितिले यसअघि नै अन्य विधामा पुरस्कार घोषणा गरिसकेको छ।