मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस जनकपुरधाम
२०७९ असोज २० बिहीबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरकाे जहाज जनकपुरधाममा अवतरण

Read Time : < 1 मिनेट
रासस, जनकपुरधाम
२०७९ असोज २० बिहीबार १७:५४:००

खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।

अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो।

बिहान ६:१५ बजे उड्नुपर्ने विमान ७:३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो।

त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ। झन्डै एक घन्टाभन्दा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताए। 

बुद्ध एयरका अनुसार इनरुट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो।