मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १७ सोमबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Read Time : < 1 मिनेट
२०७९ असोज १७ सोमबार १४:०५:००

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुम्लामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ।

मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको निम्ति आज सोमबार जिल्ला अदालत हुम्लाको कार्यालय स्थापना गरिएको हो।

जिल्ला अदालत हुम्लाका न्यायाधीश दिलप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालयकाे संयुक्त रूपमा स्थापना गरेका हुन्।

आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनमा  व्यवस्थित शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको भूमिका रहने प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। औपचारिक रूपमा हुम्ला जिल्लामा मुख्य निर्वाचन कार्यालय स्थापना भएको छ।