मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १६ आइतबार १४:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नर्ड स्ट्रिम चुवाहटले जन्माएको प्रश्न

Read Time : > 2 मिनेट
२०७९ असोज १६ आइतबार १४:४९:००

युरोपमा प्राकृतिक ग्यास आपूर्ति गर्ने रुसको नर्ड स्ट्रिम पाइपलाइनमा एकै दिन तीन ठाउँमा चुहावटका घटना सतहमा आएका छन् । यी चुहावट हुँदा ‘पानीमुनि ठूला विस्फोट’ भएका थिए । यसलाई धेरैले ‘नियतवश घटाइएको’ घटनाका रूपमा लिएका छन् । स्पष्टतः अब युरोपले आउँदो हिउँदमा नर्ड स्ट्रिम पाइपलाइनमार्फत रुसी ग्यास पाउने सम्भावना समाप्त भएको छ । ‘घटना’ले पहिलेदेखि नै जटिल एवं गिजोलिएको रुस र पश्चिमबीचको सम्बन्धलाई पनि जटिल बनाएको छ।

विश्लेषकले सामान्यतया यस परिघटनालाई रुस–युक्रेन द्वन्द्वको विनाशकारी परिणामका रूपमा बुझेका छन् । घटना कसले घटायो ? यसको जिम्मेवारी कसैले लिएको छैन । अन्तर्राष्ट्रियस्तरमा सामाजिक सञ्जालमा धेरै अनुमान फैलिएका छन्, तर तीमध्ये कुनैको पनि विश्वसनीय प्रमाण छैन । अनुमानले संलग्न पक्षबीचको तनावलाई बढाएको छ र शक्तिराष्ट्रबीच आपसी रणनीतिक आशंका पैदा गरेको छ, जसले यो घटनापछि थप नकारात्मक अवस्था सिर्जना गर्नेछ।

नर्ड स्ट्रिम पाइपलाइनमा चुहावट हुनु ‘कसैको हितमा छैन’ तैपनि ‘कसैको हित नगर्ने’ घटना किन भइरहेका छन् ?

 भए पनि नागरिकले प्रयोग गर्ने महत्वपूर्ण अन्तरदेशीय पूर्वाधारमा प्रहार गर्नु घृणित काम हो । रुस–युक्रेन द्वन्द्व सुरु भएयता यसले घातक नजिर स्थापित गरेको छ । यस्तो प्रवृत्तिलाई समर्थन गर्नु वाञ्छनीय होइन। 

युरोपेली संघ र रुस दुवैले सरोकारवाला एजेन्सीलाई विस्तृत छानबिन गरी नतिजा सार्वजनिक गर्न आग्रह गरेका छन् । डेनमार्क र स्विडेनको विशेष आर्थिक क्षेत्रभित्र दुर्घटना भएकाले जर्मनी, डेनमार्क र स्विडेनले दुर्घटनाको कारण खोजिरहेका छन् । यो पाइपलाइनमा थुप्रै राष्ट्र कुनै न कुनै रूपले जोडिएका छन्, तसर्थ घटना गराउने अपराधीलाई कानुनी दायरामा ल्याई दण्डित गर्न संयुक्त अनुसन्धान गरिनुपर्छ । र, यो घटनालाई गिजोलिन दिनु हुँदैन। 
 
जुनसुकै पक्षले नर्ड स्ट्रिम पाइपमा क्षति पुर्‍याएको भए पनि त्यसले रुस–युरोपेली ऊर्जा सहकार्यलाई गम्भीर धक्का पु¥याएको छ । युरोपेली संघले विगतमा ऊर्जा लागत स्थिर गर्न महत्वपूर्ण कदम चालेको थियो, तर नर्ड स्ट्रिम चुहावटले यी सबै प्रयासलाई निष्प्रभावी बनाउने सम्भावना छ । सुरक्षा एवं र विदेशी मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलले बुधबार एक विज्ञप्तिमा ‘युरोपीय ऊर्जा पूर्वाधारमा कुनै पनि उद्देश्यपूर्ण अवरोध पूर्ण रूपमा अस्वीकार्य छ’ भनेका छन् । ‘चरम गर्मी’पछि ‘सबैभन्दा कठ्यांग्रिँदो जाडो’ले युरोपमा व्यापारिक दीवालियापन र आर्थिक मन्दीको बलियो लहर आउने देखिन्छ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनका अनुसार नर्ड स्ट्रिम पाइपलाइनमा चुहावट हुनु ‘कसैका हितमा छैन’ तैपनि ‘कसैको हित नगर्ने’ घटना किन भइरहेका छन् ? विश्व समुदायले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।

नर्ड स्ट्रिम पाइपलाइनमा भएको छेडखानीले धेरै मुद्दालाई पुष्टि गरेको छ । अमेरिकाले रुस एवं युरोपेली संघबीचको आपसी लाभको सहयोग पहलप्रति लगातार शत्रुता व्यक्त गर्दै आएको छ । नर्ड स्ट्रिमलाई रोक्छौँ भनेर धेरैपटक मौखिक धम्की र प्रतिबन्धका प्रयास पनि अमेरिकाले नगरेको होइन।

वर्चश्व, भूराजनीतिक हिसाबकिताब र सुरक्षा चासोको दबाबका बाबजुद नर्ड स्ट्रिम सहयोग परियोजना युरोपेली जनताको हितमा उपयोगी थियो । रुस–युक्रेन संकटको सुरुवातपछि यो परियोजना दीवालियपनको बिन्दुमा पुगेको थियो । नियतवश गरिएको छेडखानीले परियोजना तंग्रिने सम्भावना पनि समाप्त भएको छ। 

अदृश्य कैँचीले रुस र युरोपबीचको मित्रताको सम्बन्ध काट्दै छ भन्ने कुरा बुझ्न गाह्रो छैन। कैँची भएकाले राजनीति गरिरहेको प्रस्टै देखिन्छ । जब आपसी हितको सम्बन्धमा दरार आउँछ, रुस र युरोप एक विनाशकारी द्वन्द्वमा पुग्ने देखिन्छ । नतिजा आममानिसको जीवन सबैभन्दा ठूलो दुर्घटनाको चपेटामा पर्नेछ।

नर्ड स्ट्रिम घटनाले फेरि एकपटक कसरी रुस–युक्रेन द्वन्द्वले युद्धको रंगमञ्चभन्दा बाहिर पनि प्रभाव पारेको छ भन्ने देखाउँछ । यो द्वन्द्वले ऊर्जा, अर्थ व्यवस्था, खाद्य व्यवस्था र जनमतसमेतलाई असर गरेको छ । यही अप्रिलमा बुचा घटनाले (युक्रेनको बुचा भन्ने ठाउँमा भएको हिंसा, जहाँ कैयौँ युक्रेनी सर्वसाधारण रुसी सेनाबाट मारिएका थिए) एक महŒवपूर्ण बिन्दुमा भएको युद्धविराम वार्तालाई नकारात्मक ढंगले प्रस्तुत गरेको थियो । पाइपलाइन छेडखानीका कारण द्वन्द्वरत पक्षलाई राजनीतिक समाधानका लागि वार्ता गर्ने ठाउँ फेरि एकपटक खुम्चेको छ।

थप चिन्ताको विषय के छ भने अर्को बुचा वा नर्ड स्ट्रिम घटना भइरहेको पो छ कि ! यसबारे कसैलाई थाहा छैन । यो अनिश्चितता युरोप र सम्भवतः सम्पूर्ण विश्वमा प्रलयका रूपमा प्रकट हुने सम्भावना देखिन्छ । समस्याको शान्तिपूर्ण रूपमा निवारण गर्न तत्कालका लागि सबै पक्षले सकेसम्म धेरै सुरक्षा प्रत्याभूतिको सिर्जना गर्न मिलेर काम गर्नुपर्छ । युरोपेली मुलुकबाट यदि संयुक्त छानबिनको लागि प्रस्ताव आउँछ भने रुसी उपविदेशमन्त्री एलेकजेन्डर गुस्कोले बुधबार रुसले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमाथि भएको छेडखानीमा अनुसन्धान गर्न इच्छुक रहेको जनाएका छन् । उसो त यस्तो सहकार्यका धेरै सीमितता छन्, तैपनि सहकार्य हुन्छ भने यो आशाको दियो हुनेछ, अर्थात् रुस र युरोपेली राष्ट्रले पाइपलाइन दुर्घटनामा अनुसन्धानमा सहकार्य गर्छन् भने तनाव एवं द्वन्द्व कम हुने थियो।

बुचा त्रासदीदेखि नर्ड स्ट्रिम घटना सबैको कारक द्वन्द्व र अराजकता हो । आशा गरौँ नर्ड स्ट्रिममा चुहावट निम्त्याउने विस्फोटनले मानिसलाई शान्तिको खोजीतर्फ डोर्‍याउनेछ । नर्ड स्ट्रिम घटनालाई युद्ध रोक्न र स्थितिलाई बिग्रनबाट जोगाउन तथा शान्ति प्रवद्र्धन गर्ने अवसरमा परिणत गर्नुपर्छ। 

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको १३ असोजको सम्पादकीय)