मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौंको जडीबुटीमा शनिबार बिहान घर जान गाडी कुरिरहेका सर्वसाधारण । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १६ आइतबार १२:१९:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे ६ लाखले छाडे उपत्यका

आजदेखि उपत्यकाभित्र दिउँसै मापसे जाँच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १६ आइतबार १२:१९:००

दसैँका लागि शनिबारसम्म करिब साढे ६ लाखले उपत्यका छाडेका छन् । शनिबार मात्र उपत्यकाबाट करिब डेढ लाख बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

‘शनिबार उपत्यका छाड्नेको ठूलो भिड थियो,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने, ‘आइतबारसम्म उपत्यका छाड्नेको भिड हुने र सोमबारदेखि उपत्यकाको ट्राफिक खुकुलो हुने हाम्रो अनुमान छ।’ 

शनिबार बिहानदैखि उपत्यकाका मुख्य ६ नाकामा सवारीसाधनको भिड थियो । खासगरी पृथ्वी राजमार्ग र बिपी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप हुँदा ठाउँ–ठाउँमा लामो जाम परेको थियो । तर, विगतका वर्षमा जस्तो ठूलो जाम भने नभएको ट्राफिक प्रहरीको दाबी छ । जाम न्यूनीकरणका लागि बिपी राजमार्गमा टिपर चलाउन रोक लगाइएको छ । त्यस्तै, चितवनदेखि काठमाडौं आउने ठूला मालवाहक गाडीलाई राति १२ बदेदेखि बिहान ४ बजेसम्मको समय तोकिएको छ। 

उपत्यकामा ट्राफिक प्रहरीले पनि चाडपर्वलक्षित विशेष चेकजाँच सुरु गरिसकेको छ ।  यात्रुवाहक गाडीको अवस्था जाँचदेखि, यात्रुको संख्या तथा लामो दूरीमा दुई चालक राखे–नराखेको हेर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकाका १६ स्थानमा यात्रु सहायक डेस्क स्थापना गरिसकेको छ । खासगरी चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रु नठगिऊन् भन्ने उद्देश्यले यस्ता डेस्क स्थापना गरिएको ट्राफिक कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए। 

चाडपर्वको समयमा उपत्यकामा सवारीसाधनको संख्या घट्ने गर्छ । सडक खाली हुँदा सवारीसाधनको गति तीव्र हुने र दुर्घटनासमेत हुने गरेका छन् । यस्तो दुर्घटना रोक्न शनिबारदेखि दिउँसै मापसे जाँच सुरु गरेको छ । मापसेका साथै लापसे (लागुपदार्थ सेवन) र गाडीको यान्त्रिक जाँच पनि सुरु गरिएको एसपी अवदेश विष्टले बताए।