मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ असोज १५ शनिबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हातहतियार बुझाउन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ असोज १५ शनिबार १५:४१:००

आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले हातहतियार बुझाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन भनेको छ। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी  दीर्घराज उपाध्यायले जानकारी दिए।
 
इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै हातहतियार नजिकको प्रहरी इकाइमा वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन प्रशासनको आग्रह छ। बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने बताइएको छ।