मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ असोज १५ शनिबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ–तिहारका बेला कञ्चनपुरमा मदिरा पूर्णरुपमा बन्द 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ असोज १५ शनिबार १२:३७:००

स्थानीय प्रशासनले दसैँँ र तिहारका बेला कञ्चनपुरमा मदिरा पूर्ण बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले दसैँ र तिहारको समयमा मदिरा बिक्रि–वितरण र सार्वजनिकस्थलमा सेवन गर्न पूर्णरुपमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले दसैँँ र तिहारका बेला आवश्यक सुरक्षाका लागि मदिरा बन्द गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षा संवेदनशिलतालाई मध्यनगर गरेर दसैँँ, तिहारको अघिल्लो दिनदेखि भोलिपल्टसम्म मदिरा बिक्रिवितरण र सार्वजनिकस्थलमा सेवन गर्न बन्द गर्ने निर्णय गरिएको बताए।

प्रजिअ अर्यालका अनुसार १८ असोजको साँझ ७ बजेदेखि १९ असोजको राती १२ बजेसम्म तथा तिहारमा ९ कार्तिक साँझ ७ बजेदेखि १० कार्तिक १२ बजेसम्म बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ।

निषेध गरिएको अवधिमा कसैले बिक्रि वितरण एवं सार्वजनिकस्थलमा सेवन गरेको खण्डमा स्थानीय प्रहरीमार्फत् अनुगमन गरेर कार्बाही गरिने छ।  मदिरा व्यवसायी संघका अध्यक्ष राहुल भट्ट, होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी र महासचिव रामचन्द्र रेग्मी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लको उपस्थितिमा भएको बैठकले मदिरा बन्द गर्ने निर्णयले सार्थकता पाउने प्रशासनको अपेक्षा छ।

हरेक वर्ष प्रशासनले चाडपर्वका बेला मदिरा कारोबार बन्द गर्ने निर्णय गरेपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सोही दिन सबैभन्दा बढि मदिरा बिक्रि वितरण एवं उपभोग हुने गरेको गुनासो आउने गरेको प्रशासनले जनाएको छ। मदिरा निषेध गरेको मौका छोपी व्यवसायीले उपभोक्तामाथि चर्को मूल्य लिने र पसल खुला देखे प्रहरीले समेत नाजायज लाभ लिने स्थानीयको गुनासो छ।