१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १५ शनिबार १०:१७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नाइट क्लबमा हेजार्डको मस्ती

Read Time : < 1 मिनेट
२०७९ असोज १५ शनिबार १०:१७:००

 बेल्जियमका स्ट्राइकर इर्डन हेजार्ड अन्तर्राष्ट्रिय ड्युटीमा छन् । बेल्जियमको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ । राष्ट्रिय टोलीको ड्युटीमा रहँदा–रहँदै हेजार्डले परिवारसँगै म्याड्रिडको एक नाइट क्लबमा मस्ती गरे । हेजार्डले आफूसँगै श्रीमती र चार सन्तानसँगै नाइट क्लबमा लागेका थिए ।

 बेल्जियमले नेसनल लिग प्रतियोगिताअन्तर्गत वेल्स र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताअघि आफूलाई रिफ्रेस बनाउन हेजार्डले नाइट क्लबमा गएको जनाएका छन् । यद्यपि, क्याम्पमा रहँदा खेलाडीहरू अनुमतिविना बाहिर जान पाउँदैनन् । क्याम्प छाडेर नाइट क्लबमा हेजार्ड कसरी पुगे भन्ने प्रश्न छ । यदि अनुमतिविना उनी मनोरञ्जन गर्न गएको पाए उनी कारबाहीमा पर्न सक्छन् । 

म्याड्रिडको नाम चलेको नाइट क्लबमा हेजार्डले आफूलाई कसैले नचिनोस् भनी कालो सर्ट तथा बेसबल क्याप लगाएका थिए । डिस्कोमा मस्त रहँदा हेजार्डले श्रीमतीबाहेक एक महिलाको समूहसँग खुबै नाचेका थिए । बेलायती मिडियाहरूले सार्वजनिक गरेका फोटाहरूमा हेजार्ड निकै रमाइरहेका देखिन्थे । हेजार्डले बेल्जियम टोलीबाट उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । पछिल्लो दुई खेलमा उनले प्रतिस्पर्धा गरे पनि आधा घन्टाभन्दा बढी समय मैदानमा बिताउन सकेनन् ।