मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज १५ शनिबार १०:१०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप च्याम्पियनले  २१ करोड पाउने

Read Time : < 1 मिनेट
२०७९ असोज १५ शनिबार १०:१०:००

यस वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकप पुरुष विजेताले २१ करोड ६५ लाख रुपैयाँ पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आइसिसी)ले शुक्रबार पुरुष टी–२० विश्वकप २०२२ को विजेता धनराशि सार्वजनिक गरेको हो । आइसिसीका अनुसार विजेताले १.६ मिलियन डलर पाउनेछ । १३ नोभेम्बरदेखि अस्टे«लियाको मेलबर्नमा टी–२० विश्वकप आयोजना हुँदै छ । उपविजेताले १० करोड ८२ लाख रुपैयाँ पाउने आइसिसीले जनाएको छ । 

अस्ट्रेलियामा एक महिना चल्ने प्रतियोगितामा १६ टोलीले सहभागी जनाउनेछन् । आइसिसीको नियमअनुसार सेमिफाइनल लिस्टले जनही चार लाख डलर प्राप्त गर्नेछन् । यसपटक आइसिसीले कुल पुरस्कार राशिमा ५.६ मिलियन डलर खर्च गर्नेेछ । 

सुपर १२ बाट बाहिरिने १२ टोलीका टिमले भने ९१ लाख रुपैयाँ पाउनेछन् । सन् २०२१ को विश्वकपमा अन्तिम १२ बाट बाहिरिने टोलीले ५२ लाख रुपैयाँ पाएका थिए । यस्तै, पहिलो चरणमा जित निकाल्नेले ५२ लाख रुपैयाँ हात पार्नेछन् । सुपर १२ मा जित निकाल्ने टोलीले पनि ५२ लाख रुपैयाँ नै पाउनेछ । 
ल कुन–कुन टोली प्रतिस्पर्धा गर्दै छन् ? 

विश्वकपमा आठ टोलीले सीधै सुपर १२ मा स्थान बनाउनेछन् । आयोजक अस्टे«लिया, बंगलादेश, अफगानिस्तान, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् । पहिलो चरणका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट दुई–दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । समूह ‘ए’मा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’मा वेस्ट इन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे छन् ।