मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कविता नेपाली, कलाकार
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ट्र्याकसुट कम्फर्टेबल लाग्छ : कविता नेपाली, कलाकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:१५:००

स्पोर्टस् वेयरमा आफूलाई कम्फर्टेबल फिल गर्छु  । ट्र्याक, ट्राउजर वा टिसर्ट–पाइन्ट नै सहज लाग्छ । बिहानैदेखि मेरो दौडधुप सुरु हुन्छ । सेडुल निकै बिजी छ । त्यसैले आफूलाई जे लगाउँदा कम्फर्टेबल लाग्छ, त्यही लगाउँछु । 

 राम्रो लाग्यो भने रत्नपार्कमा तीन सयको टिसर्ट पनि किनिहाल्छु । मलाई महँगो कपडाले राम्रो देखाउँछ भन्नेमा विश्वास लाग्दैन । गाउन, सारीलगायत पोसाकमा कम्फर्टेबल फिल गर्न सक्दिनँ । सुटिङमा आवश्यक परे मात्रै यस्ता कपडा लगाउँछु । कुर्थाचाहिँ घरमा लगाइराख्छु । यो सहज पनि हुन्छ । 

मलाई मेकअपमा पनि खासै रुचि छैन । दैनिक रुटिनमा सामान्य सनस्क्रिन क्रिमबाहेक अन्य मेकअप गर्दिनँ । तर, सुटिङमा भने गर्नुपर्ने हुन्छ । पानी प्रशस्त पिएपछि छाला आफैँ राम्रो देखिन्छ भन्ने लाग्छ । 

म न्युट्रिसनको क्लास लिइरहेकी छु । खानाका विभिन्न परिकारबारे मलाई चासो हुन्छ । सन्तुलित रूपमा मात्रा मिलाएर खान जाने हाम्रो भान्सामै पाक्ने नेपाली परिकारमा प्रशस्तै पोषण पाइन्छ भन्ने लाग्छ । तर, आजकल बजारमा पाइने धेरै खाद्यान्न अस्वस्थ छन् । त्यसैले ती खानेकुरा पचाउनका लागि पनि हामीले व्यायाम गर्नुपर्ने हुन्छ  । दैनिक रूपमा ३० मिनेट कुनै न कुनै व्यायाम गर्नुपर्छ । नत्र, खाएको कुरा नपच्न सक्छ । मेरा हकमा बिहानै क्लास हुने भएकाले सबेरैदेखि बिजी हुन्छु । जिममा दिउँसो जान्छु ।