१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १३ बिहीबार १५:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बैंकको ब्याजदर वृद्धि स्थायी होइन : डेपुटी गभर्नर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १३ बिहीबार १५:०१:००

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको  बताएका छन्। 

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्। 

उनले बैंकको ब्याजदर बढ्ने ट्रेन्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। 

उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेन्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे। 

मिश्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा नभएको बताए। उनका अनुसार पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्‍याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको छ। आगामी मौद्रिक नीतिको समीक्षामा खुसी प्राप्त हुन सक्ने संकेत देखिएको उनले बताए। 

मिश्रले भने, ‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाईवर्षे काल र पछिल्लो रुस र युक्रेन युद्धको कारण आठ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेन्ड हो ट्रेन तलमाथि भइरहन्छ। हामी आत्तिनुपर्ने अवस्था रहँदैन। मुलुकको अर्थतन्त्र जुन किसिमले हेरिरहेका छौँ। राष्ट्र बैंकले हरेक महिना तथ्यांक निकाल्ने गरेको छ। तथ्यांकलाई हेर्दा नेपालको अर्थतन्त्र धेरै अप्ठ्यारो स्थितिमा छैनौँ।’

उनले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए। उनले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको बताए।