मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज १३ बिहीबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा म्यादी प्रहरीमा मागभन्दा झन्डै दोब्बर आवेदन

Read Time : < 1 मिनेट
२०७९ असोज १३ बिहीबार १२:३६:००

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा मागभन्दा झन्डै दोब्बर आवेदन परेको छ। लमजुङमा एक हजार ९७ म्यादी प्रहरी माग भएकोमा एक हजार सात सय ८६ जनाको आवेदन परेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए। 

आवेदन दिनेमध्ये एक हजार तीन सय ४० पुरुष र चार सय ४६ जना महिला रहेका छन्। जिल्लामा भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो। लमजुङमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी जगदीश रेग्मीले बताए।

उनका अनुसार फारम भरेकाहरूमध्येबाट यसअघिका निर्वाचनहरूमा काम गरेका, सुरक्षा निकायमा काम गरेका व्यक्तिहरू प्राथमिकतामा पर्नेछन्। आवेदन दिनेमा  अधिकांश २० देखि २५ वर्षका युवा रहेका छन्। छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ।