मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत १२ मंगलबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

साढे २३ किलो सुन प्रकरण, धरौटी तिर्न नसकेर प्रहरी जवान जेल चलान

Read Time : < 1 मिनेट
२०७५ चैत १२ मंगलबार १७:५१:००

फागुन पहिलो साता कञ्चनपुरको पुर्नवास र शुक्लाफाँटा दुई स्थानबाट बरामद गरिएको साढे २३ किलो सुन प्रकरणमा जिल्ला आदालत कञ्चनपुरले प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 
 
राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाइसहित पाँच जनाका नाममा दायर गरेको मुद्दामा मंगलबार जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले धरौटी र थुनामा राख्ने आदेश दिएका हुन् । धरौटी राख्न नसकेपछि प्रहरी जवान तिरुवा पनि कारागार चलान भएका छन् । जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले फरार रहेका सरिता तिरुवा, इन्द्र विक र शंकर विकका नाममा सुचना म्याद जारी भएको बताए । प्रतिवादी तीनै जनालाई २१ दिनभित्र आदालतमा हाजिर हुन पत्र काटिएको उनले जानकारी दिए ।
 
विभागले तिरुवा दाजुभाइसहित पाँच जनाविरुद्ध १६ करोड बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र स्थानीय प्रहरीले पुनर्वास नगरपालिका–२ दशरथबस्तीका भरतलाल विकको घरबाट १८ किलो र त्यसको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो, ६९ ग्राम सुन बरामद गरेको थियो ।