Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७९ असोज १२ बुधबार १४:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वस्तिवाचन र शंखघोष गर्दै राप्रपा भित्रिए रवीन्द्र मिश्र 

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ असोज १२ बुधबार १४:४३:००

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रमबीच  ब्राह्मण बटुकहरूले स्वस्तिवाचन र शंखघोषसहित मिश्र राप्रपा प्रवेश गरेका हुन्। 

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको भएकाे छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। 

राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीचको एकता नाम दिइएको कार्यक्रममा शंख र घण्ट बजाएर एकताको घोषणा गरिएको थियो । 

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले चारबुँदै एकता घोषणापत्रमा हस्ताक्षर गरे । दुवैले एकअर्कालाई माला लगाइदिएका थिए । घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउन एकता गरिएको उल्लेख छ । राजसंस्था पुनस्र्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । 

अब मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । एकताको दश दिनभित्र राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गर्ने जनाइएको छ । प्रदेश तथा अन्य कमिटीको समायोजनका लागि दुवै पक्षका दुई–दुई जना रहने चार सदस्यीय समिति बनाइने पनि उल्लेख छ । 

राप्रपामा प्रवेश गर्ने तयारी पूरा गरेपछि मिश्रले केही दिनअघि विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । त्यसअघि गत स्थानीय तह निर्वाचनमा नराम्रो पराजयपछि उनले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । 

वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लाग्ने भन्दै उनले सुरुमा साझा पार्टी निर्माण गरेका थिए । त्यसपछि उनले विवेकशील पार्टीसँग एकता गरेका थिए । एकतापछि पुनः फुट र पुनः एकता भएको थियो । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका मिश्र यसपटक पनि उम्मेदवारी दिने तयारीमा छन् । 
 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका