मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार

चिठ्ठाकोे सुनबाट एम्बुलेन्स खरिद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार १६:५५:००

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारबापत पाएकाे एक किलो सुनबाट एम्बुलेन्स खरिद गर्ने भएकाे छ । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामार्फत सुन प्राप्त भएको थियाे ।

उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरिद प्रक्रियाअघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालन सुरुवातमा आउने छ । समितिमार्फत देशको विभिन्न स्थानमा एक हजार ३ सय ७८ बसले सेवा दिँदै आएका छ । रासस