मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १६:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्दसूची सच्याउने समयसम्म पर्खिन्छौँ : गुरुराज घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १६:२६:००

कांग्रेसइतर समूहका नेता गुरुराज घिमिरेले बन्दसूची सच्याउने समयसम्म पर्खिने बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 

‘बन्दसूची बनाउँदा न्याय गरिएन। खबरदारी प्रतिस्पर्धी नेताहरूलाई पनि हो।अहिले हामीले भाग खोजेका होइनौँ।न्याय भनेको गणितीय हिसाबले मात्रै पाइने होइन,’ उनले भने, ‘पार्टीमा अहिले जति सजिलो शेरबहादुर देउवालाई छैन। हामी बन्दसूची सच्याउने समयसम्म पर्खिन्छौँ। न्यायका लागि आवाज उठाउँदा कारबाही हुन्छ भने हामी तयार छौँ।’

नेता घिमिरेले आफूहरू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए। उनले भने, ‘हामी जुनसुकै मूल्य चुकाउन तयार छौँ। हामीले शेरबहादुर देउवालाई मात्रै भनेका होइनौँ, शेखर कोइराला र महामन्त्रीलाई पनि अन्याय भयो भनेका हौँ।’

आजै  पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिहरू निर्वाचन आयोगले दिएको समयसीमाभित्र परिमार्जन हुने बताएका छन्।