१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १५:५१:००

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको हो । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२ असोज बुधबार (भोलि)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिए । उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए । 

प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदै छ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ । 

यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।