१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार

राप्रपा अध्यक्ष थापाले मनोनित गरे १९ पदाधिकारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार १५:५६:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम १९ जना पदाधिकारी मनोनयन गरेका छन् । उनले मंगलबार २ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ६ सहमहामन्त्री र २ सहायक महामन्त्री मनोनयन गरेका हुन । 

थापाले बुद्धिमान तामाङ्ग (धादिङ्ग) र राजीव पराजुली (पर्सा)लाई बरिष्ठ उपाध्यक्ष बनाएका छन् । तामाङ्ग यसअघि पनि बरिष्ठ उपाध्यक्ष थिए भने पराजुली उपाध्यक्ष थिए । त्यस्तै प्रेम बहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्र बहादुर चन्द (बैतडी), तोरण बहादुर गुरुङ्ग (स्याङ्गजा), रोशन कार्की (ललितपुर), भिम प्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई उपाध्यक्षमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

त्यस्तै महामन्त्रीमा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन (झापा) र डा.धवल शम्शेर जबरा (बाँके) लाई मनोनयन गरेका छन् । उनीहरु यसअघि पनि महामन्त्री थिए । लिङदेन पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक मात्र सांसद र जवरा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन । सह–महामन्त्रीमा चन्द्र बहादुर गुरुङ्ग (कैलाली), कुन्ती शाही (दैलेख), दिपक बहादुर सिंह (मकवानपुर), भक्ति प्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ्ग), भरत रायमाझी (काठमाण्डौ) मनोनित भएका छन् । सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ (इलाम), मदन बहादुर कार्की (स्याङ्गजा) तथा प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाण्डौ), नीलकण्ठ काफ्ले (नवलपुर) मनोनित भएका छन् । प्रदीप कुमार उदय (रुपन्देही)लाई प्रदेश ५ को अध्यक्ष र ईन्द्र बहादुर ठकुरी (सिन्धुपाल्चोक)लाई केन्द्रीय सदस्य पदमा मनोनयन भएको श्रेष्ठले बताए ।