१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असोज ११ मंगलबार ०८:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाँझो जमिनमा व्यावसायिक खेती गर्न प्रोत्साहन

Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार ०८:३६:००

बढ्दो सहरीकरण र युवाहरू विदेश पलायन हुने क्रम नरोकिएपछि लमजुङका गाउँमा जमिन बाँझो रहनेक्रम बढेको छ । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये १६ हजार हेक्टरभन्दा बढी जमिन बाँझो छ ।

जिल्लामा कुल खेतीयोग्य जमिन ६१ हजार आठ सय १९ हेक्टर छ । यसमध्ये १६ हजार सात सय ६९ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए । यसलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र लमजुङले चालू आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेसँगै व्यावसायिक खेती प्रवद्र्धन गर्नका लागि गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रमअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले बताए । उक्त  कार्यक्रम लागत साझेदारीमा सञ्चालन हुनेछ ।