१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँमा यसरी गर्नुस् घरमै  मेकअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:१८:००

घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।

यसपछि सन्सक्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ ।  लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।

मेकअप गर्नेबित्तिकैभन्दा पनि करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले कुन रङको कपडा लगाएको छ, कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यको क्रिमले सुट गर्ने हुन्छ । स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ ।