मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मंसिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:१३:००

मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को आयोजना गर्ने भएको छ । ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विधिताको उत्सव’ नारासहित काठमाडौंमा मंसिर ९ गतेदेखि महोत्सव हुने भएको हो । नौ दिनसम्म सञ्चालन हुने महोत्सवका दौरान १६ देशका २३ नाटक मञ्चन हुनेछन् । 

महोत्सवमा नेपाल, अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, भारत, भुटान र श्रीलंकाबाट छानिएका नाट्य समूहरूले नाटक मञ्चन गर्नेछन् । यसअघि २०१९ मा महोत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो । प्रत्येक दुई वर्षमा महोत्सव आयोजना गर्ने लक्ष्य राखिएको भए पनि कोरोनाका कारण दोस्रो संस्करण आयोजनामा केही ढिला भएको महोत्सवकी संयोजक विजया कार्कीले बताइन् । 

नेपालमा नाटक हेर्ने परम्परालाई बढाउनका लागि नाट्य महोत्सवको आयोजना गर्न लागिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले बताए । ‘हामी विदेशमा विभिन्न फेस्टिभलमा पुगेका हुन्छौँ । तर, हामीले चाहिँ यस्ता महोत्सव किन नगर्ने भनेर  यो महोत्सवको सुरुवात गरेका हौँ । हामी रंगकर्मीहरूले नाटकलाई उत्सवको रूपमा मनाउन चाहन्छौँ,’ उनले भने ।  

त्यस्तै, नेपाली रंगमञ्चको विविधतालाई नजिकबाट अनुभव गर्न यो महोत्सव फलदायी हुने महोत्सवकी अध्यक्ष सिर्जना सुब्बाले बताइन् । महोत्सवमा कलापारखी, समीक्षक, कलाकार तथा पत्रकारबीच रंगमञ्चको विविध शैलीका बारेमा छलफल, सेमिनारलगायत अन्य कार्यक्रम पनि हुनेछन् ।