१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:१८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बन्दसूची पारदर्शी बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:१८:००

राजनीतिक दलहरूले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पेस गरेका बन्दसूची पारदर्शी बनाउन फोर एच नेपालले माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी फोर एचले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीका लागि पेस गरिएका उम्मेदवारहरूको नामावली तथा सिफारिस प्रक्रिया पारदर्शी तथा विधिसम्मत नभएको भन्दै पारदर्शी बनाउन माग गरेको हो । 

‘राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मूल्य–मान्यता, निर्वाचनसम्बन्धी ऐन कानुन, राजनीतिक दलहरूको आफ्नै विधान तथा समावेशिताको सिद्धान्तविपरीत नामावली पेस गरेको पाइएको छ,’ फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘साथै, कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपालगायतका दलहरूले पार्टी विधानविपरीत निश्चित मापदण्ड तय नगरी थपघट गरी पेस गरिनु लोकतान्त्रिक प्रणालीविपरति छ ।’ 

जारी वक्तव्यमा ठूला राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्दा सम्बन्धित पार्टीको आधिकारिक निकायबाट पारित नगरी पार्टीभित्रका सीमित पदाधिकारीहरूको निर्णयका आधारमा बन्दसूची छनोट गरिनु कानुनसम्मत नभएको जिकिर गरिएको छ ।

राजनीतिक दलहरूले स्थानीय तहमा उम्मेदवार बनेर जरिवाना तोकेका, कानुनी रूपमा दण्डसजाय जरिवाना तोकिएका, सरकारी बेरुजु फर्स्योट नगरेकालगायतका व्यक्तिहरूको नामसमेत समावेश भएकाले उक्त नामहरू बन्दसूचीबाट हटाउन सबै राजनीतिक दलहरूलाई उसले अनुरोध गरेको छ । मस्वसित नेपाल (फोरएचनेपाल)ले १ असोजदेखि आउँदो ४ मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणको अनुमति पाएको छ ।