मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १० सोमबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा दसैँ सस्तो बजार 

Read Time : < 1 मिनेट
२०७९ असोज १० सोमबार १८:४२:००

बुटवलमा सोमबारदेखि दसैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालय परिसर बालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो। 

पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउन मद्दत मिल्ने धारणा व्यक्त गरे। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताकोसमेत हितमा हुने गरी व्यवस्था मिलाउन आग्रह गरे। 

नेपाल राष्ट्र बैंक निर्देशक भैरहवा शाखा प्रमुख निर्देशक रञ्जना पण्डित पौडेलले सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेकोमा खुसी व्यक्त गरिन्। संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ता हितको लागि दसैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको बिक्री वितरण गरिने जानकारी गराए। संघले विगतदेखि सञ्चालन गर्दै आएको दसैँ सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको, नुन, तेल, चिनी, मसलालगायतका दैनिक उपभोग्य सामान राखिएको जानकारी उनले गराए।