मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १० सोमबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्दसूची सच्याउन माग गर्दै कांग्रेसइतर समूहले गर्‍याे आन्दोलनको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १० सोमबार १६:२३:००

समानुपातिकको बन्दसूची सच्याउन माग गर्दै कांग्रेसइतर समूहले आन्दोलनको घोषणा गरेको छ। 

कांग्रेसइतर समूहले असोज १२ र १३ मा समानुपातिकको बन्दसूची सच्याउन दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रमकाे घोषणा गरेको हो। 

काठमाडौंकाे ठमेलस्थित एक होटेल जारी असन्तुष्ट समूहको बैठकले आफूहरूलाई सम्मानजनक भाग नदिए विद्रोह गर्ने चेतावनी दिएको छ। 

नेता जगदीश्वरनरसिंह केसीका अनुसार असोज १२ मा पार्टी कार्यालय सानेपामा दिउँसो १२ देखि १ बजेसम्म १ घन्टा धर्ना र १३ गते दसैँ, तिहार र छठलगायतको अवसरमा चियापन कार्यक्रममार्फत पार्टीको पूर्ण एकताका लागि दबाब दिने कार्यक्रम रहेका छ।