मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १० सोमबार १०:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हुम्लीलाई घर फर्किन सधैँ जहाजकै पिरलो

Read Time : < 1 मिनेट
२०७९ असोज १० सोमबार १०:३१:००

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एक मात्रै हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो, हवाईजहाज । सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको छ । दसैँ–तिहार नजिक आउनै लाग्दा सीता, तारा, समिट एयरले नियमित उडान नगरेपछि दसैँ–तिहार मनाउन हुम्ला फर्किन थालेका हुम्ली नागरिकलाई महाभारत नै हुने गरेको छ । 

दसैँ–तिहार नजिकँदै छ, तर सीता र तारा एयरका जहाज पूर्वतर्क केन्द्रित छन् । समिट एयरले फाटफुट उडान गर्दै आएको छ । देशका विभिन्न सहर काठमाडौं, पोखरा, बुटवललगायतका सहरहरूबाट अधिकांश हुम्लीहरू दसैँ–तिहार मनाउन घर फर्किनेहरू नेपालगन्ज र सुर्खेत एयरपोर्ट भरिभराउन हुन थालेका छन् । तर, निजी कम्पनीका जहाज पर्यटक बोक्न पूर्वतिर केन्द्रित भएपछि हुम्ली नागरिकलाई सास्ती हुँदै आएको छ ।

वर्षको ६ महिना हुम्ला जिल्लाले धानेका निजी कम्पनीहरू समस्या भएका वेलामा भने हुम्लीलाई पीडा दिँदै आएको खापुनार्थ गाउँपालिका–५ का सागर साहीले दुखेसो गरे । हुम्ली जनतालाई अप्ठ्यारो भएका वेला निजी कम्पनीका एयरले झनै पीडा दिने गरेको उनको भनाइ छ । हुम्लामा उडान नहँुदासमेत स्थानीय नेताहरूले कुनै पनि पहलकदमी लिन नसकेको उनको भनाइ छ । 

नेपालीलाई विदेश जानभन्दा हुम्लीलाई आफ्नै जिल्ला जानु महाभारत हुने गरेको सर्केगार्ड गाउँपालिका–३ का जनक फडेराले बताए । उनले भने, ‘हुम्ली जनताले कहिल्यै जहाज चढ्न सजिलो भएन । हुम्ला जाने भाडा नेपालगन्ज र सुर्खेतका एयरपोर्टमै जहाज कुर्दाकुर्दै सकिन्छ ।’

अकासिँदो जहाजभाडा
निजी एयरलाइन्स कम्पनी सीता, तारा, समिट एयरलाइन्सहरूले हुम्ला जिल्लाको लागि महँगो भाडा असुल्दै आएका छन् । सिमकोटदेखि सुर्खेतसम्म सात हजार तीन सय १० रुपैयाँ, सिमकोट–नेपालगन्ज नौ हजार एक सय ७० र सुर्खेत–सिमकोट ११ हजार पाँच सय रुपैयाँ र नेपालगन्ज सिमकोट १३ हजार पाँच सय रुपैयाँ असुल्दै आएका छन् ।