१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १० सोमबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

द नेपाल डिस्टिलरिजको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १० सोमबार ०६:२९:००

द नेपाल डिस्टिलरिजले उच्च कोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आयोजित कार्यक्रम फेसन विकअन्तर्गत डिजाइनर शिवांगी प्रधान तथा चुपलाग स्टुडियो र सो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा उक्त भोड्का सार्वजनिक गरेको हो । 

‘न्युड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको भनाइ छ । राइसबेस्ड भएका कारण यसमा प्राकृतिक मिठास पाउन सकिने कम्पनीले जनाएको छ । यसमा अतिरिक्त चिनी मिश्रण नगरिएको कम्पनीले दाबी गरेको छ । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्रीजस्ता विशेषताले भोड्कालाई थप उच्च कोटीको बनाएको जनाइएको छ । 

भोड्का युवाहरूको बढी रुचि भएको ‘फन स्पिरिट’ भएकाले उनीहरूकाले यसको गुणस्तरीय एवं समसामयिक र मौलिक स्वाद मन पराउने कम्पनीले जनाएको छ । युवाको रुचिलाई नै सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काका रूपमा ‘न्युड सुपेरियर भोड्का’ ल्याइएको कम्पनीको भनाइ छ । 

यो भोड्का शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ब्लेन्डर क्रिस्टोफर आम्र्सले यो भोड्का डिजाइन गरेको कम्पनीले जनाएको छ । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव नहुने कम्पनीले जनाएको छ । 

स्वाद र गुणस्तरजस्तैे प्याकेजिङ पनि विशेष रहेको दाबी गर्दै कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले भने, ‘न्युड सुपेरियर भोड्कालाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्विडलाई थप प्रस्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टिलरिज’का अन्य ब्रान्ड जस्तै पुनः रिफिल गर्न सकिन्न ।’