१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असोज ९ आइतबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ का मन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज ९ आइतबार १८:०६:००

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन्। पहिचानसहितको संघीयता कार्यान्वनयका लागि भन्दै मन्त्री यादवले आइतबार मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएका हुन्।

मन्त्री यादवले राष्ट्रपति भण्डारीको फोटोको ठाउँमा प्रदेश १ का प्रमुख परशुराम खापुङ र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको मात्र फोटो राखेका छन्। यसअघि उनले आफ्नो कार्यकक्षमा राष्ट्रपति, प्रधानमन्त्री प्रदेश प्रमुख र मुख्यमन्त्री चारैजनाको फोटो राखेका थिए। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीको फोटो हटाएपछि स्वास्थ्यमन्त्री यादवले समाजिक सञ्जाल फेसबुकमा कारण प्रस्ट्याउँदै स्टाटस पनि सार्वजनिक गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (जिन्दावाद)। राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यू र माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो। पहिचानसहितको (संघीय अभिवादन)।’