१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ९ आइतबार १७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लावासीलाई सधैँ जहाजकै पिरलो

Read Time : > 1 मिनेट
२०७९ असोज ९ आइतबार १७:०५:००

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एक मात्रै जिल्ला हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो हवाइजहाज। सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको छ।

दसैँतिहार नजिक आउनै लाग्दा सीता, तारा, समिट एयरले नियमित उडान नभर्ने निर्णय गरेपछि घर फर्किने तयारीमा रहेका जिल्लावासीलाई पिरोलेको छ। 

दसैँतिहार नजिकिँदै गर्दा नियमित उडान भर्दै आएका सीता र तारा एयरका जहाज पूर्वतिर केन्द्रित छन्। समिट एयरले फाटफुट उडान गर्दै आएको छ। 

 देशका विभिन्न सहर काठमाडौं, पोखरा, बुटवललगायतका सहरहरूबाट अधिकाश हुम्लीहरू दसैँतिहार मनाउन घर फर्किन थालेका जिल्लावासीको संख्याले दिन प्रतिदिन नेपालग, र सुर्खेत एयरपोर्ट भरिभराउन हुन थालेको छ।

तर, निजी कम्पनीका जहाज पर्यटक बोक्न पूर्वतिर केन्द्रित भएपछि यहाँका नागरिकले खेप्नुपरेको छ। 

वर्षको ६ महिना हुम्ला जिल्लाले धानेका निजी कम्पनीहरू समस्या भएको वेला हुम्लीलाई पीडा दिँदै आएको  खार्पुनाथ गाउँपालिका- ५ का सागर शाहीले दुःखेसो पोखे। ‘हुम्ली जनतालाई अप्ठयारो भएको वेला निजी कम्पनीका एयरले झनै पीडा दिएका छन्,’ उनले नयाँ पत्रिकासँग भने। 

नेपालीलाई विदेश जान बरु सजिलो हुने तर हुम्लीलाई आफनै जिल्ला जान महाभारत हुने गरेको सर्केगार्ड गाउँपालिका- ३ का जनक फडेराले बताए।
उनले भने, ‘हुम्ली जनताले कहिल्यै जहाज चढन सजिलो भएन उनले बताए। हुम्ला जाने भाडा नेपालगन्ज र सुर्खेतका एयरपोटमै होटेल खर्चिनुपरेको छ।’

अकासिँदो जहाज भाडा

निजी एयरलाइन्स कम्पनी सीता, तारा, समिट एयरलाइन्सहरूले हुम्ला जिल्लाको लागि महँगो भाडा असुल्दै आएका छन्। 
सिमकोटदेखि सुर्खेत सम्म ७ हजार ३ सय १० रुपैयाँ सिमकोट नेपालगन्ज ९ हजार १ सय ७० र सुर्खेत सिमकोट ११ हजार ५ सय रुपैयाँ र नेपालगन्ज सिमकोट १३ हजार ५ सय रुपैयाँ निजी एयरलाइन्स कम्पनीहरूले भाडा असुल्दै आएका छन्। महँगो भाडा तिरे पनि सहजै रूपमा हुम्ली जनताहरुले जहाज टिकट नपाउने हरेक वर्ष दोहोरिने रोग हो।